दुर्गम र विपन्न समुदायको सारथि बन्दै इन्फिनिटी लघुवित्त
शिक्षा, वित्तीय साक्षरता र आर्थिक सशक्तीकरणमार्फत समुदाय उत्थानमा एक सार्थक एवं प्रेरणादायी पहल
संस्थाले प्रदान गर्ने वित्तीय सेवाको अलावा शिक्षा, वित्तीय पहुँच र सामाजिक उत्थानलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आएको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड दुर्गम तथा विपन्न समुदायको भरोसाको सहयात्री बन्दै अघि बढिरहेको छ । दुर्गम बस्तीका विद्यार्थीको शिक्षादेखि आर्थिक रूपमा पछाडि परेका समुदायको वित्तीय सचेतनासम्म इन्फिनिटी लघुवित्तले पुर्याउँदै आएको सहयोगले संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ । समुदायको जीवनस्तर सुधार र दिगो आर्थिक सशक्तीकरणलाई आत्मसात् गर्दै संस्थाले दूरदराजका नागरिकको वृत्तिविकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
“संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत इन्फिनिटी लघुवित्तले रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा तथा कालिकोट जिल्लामा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।”
संस्थाका शाखा कार्यालयहरू तकсеरा (रुकुम पूर्व), पेदीबजार (रुकुम पश्चिम) र बाघमारा (रोल्पा) मार्फत सञ्चालित शैक्षिक सहयोग कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत् करिब ५०० जना विद्यार्थीलाई कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको छ । शिक्षाको उज्यालोबाट टाढा रहेका बालबालिकाको पठनपाठनलाई सहज बनाउने उद्देश्यले गरिएको यस सहयोगले विद्यार्थीहरूमा उत्साह, आत्मविश्वास र भविष्यप्रतिको सकारात्मक सोच विकास करना सहयोग पुगेको छ । इन्फिनिटी लघुवित्तले शिक्षामा गरिएको लगानी समाजको दीर्घकालीन समृद्धिको आधार हो भन्ने विश्वासका साथ यस्ता अभियानलाई निरन्तरता दिँदै आएको छ ।
यसैगरी, संस्थाको शाखा कार्यालय पलाँता (कालिकोट) ले स्थानीय तहसँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा बचतको महत्व, जिम्मेवार कर्जा उपयोग, वित्तीय अनुशासन तथा वित्तीय सेवामा पहुँच विस्तारका विषयमा समुदायलाई सचेतना गरेको थियो । वित्तीय सेवा मात्र नभई सामाजिक परिवर्तनको साझेदार बन्ने उद्देश्यका साथ अघि बढिरहेको इन्फिनिटी लघुवित्तले ग्रामीण तथा विपन्न समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा निरन्तर योगदान दिँदै आएको छ। संस्थाका लागि CSR केवल औपचारिक कार्यक्रम नभई समाजप्रतिको जिम्मेवारी पूरा गर्ने माध्यम हो । दुर्गम क्षेत्रका विद्यार्थीको हातमा शैक्षिक सामग्री, समुदायका नागरिकमा वित्तीय ज्ञान र विपन्न परिवारमा आशाको किरण पुर्याउँदै इन्फिनिटी लघुवित्त आज हजारौँ परिवारको विश्वासिलो सहयात्री बन्न सफल भएको छ ।