Friday, May 15, 2020

उन्नती लघुवित्तले गर्यो ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा


उन्नती लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
संस्थाको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको सञ्चालन मुनाफा ५ करोड ११ लाख रहेको छ भने यस वर्ष ६७ करोड २३ लाख रुपैयाँको निक्षेप संकलन गरेको जनाएको छ । यस्तै एक अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तको प्रति शेयर आम्दानी अनुपात : ५०.५६ रुपैँया छ भने प्रति शेयर नेटवर्थ : १ सय ९७.३७ रुपैँया रहेको छ ।
संस्थाको त्रैमासिक अवधिमा कारोवारको बृद्धिसंगै वित्तीय संस्थाको मौज्दात सन्तोषजनक रहेपनि, कोरोना भाईरसको कारण देश भरि नै लकडाउन भई चैत्र महिनामा आम्दानी तथा तरलता संतोषजनक रुपमा बृद्धि हुन सकेन । लघुवित्तले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रण गर्नको लागि नेपाल सरकारद्धारा जारी लकडाउनको कारण सदस्यहसंग कुनै पनि किसिमको वित्तीय कारोबार गर्न नसकिएको कारण संस्थाको वित्तीय विवरण(नाफा नोक्सान, नगद प्रवाह र वासलात)तथा मूख्य सुचकहरुमा असर परेको जनाएको छ।
वित्तीय संस्थाले आफ्नो कारोवारलाई चुस्त, दुरुस्त छिटो छरितो एबं आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन संचालक समिति तहमा लेखापरीक्षण समिति, जोखिम ब्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा र सम्पत्ति शुद्धिकरण अनुगमन समिति गठन गरेको छ ।
संस्थाले कृषि, पशुपालन तथा लघुउधम, साना ब्यवसाय संचालनका लागि विशेष गरि महिलालाई केन्द्रित गरेर लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । यसका साथै समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरुमा परिस्कृत गर्दै लैजान ब्यवस्थापन प्रतिवद्ध रहेको जनाएको छ । यस्तै, लघुवित्तको पहुँच नपुगेको जिल्ला तथा ग्रामिण क्षेत्रमा कार्यक्रम विस्तार गर्दा प्राथमिकता दिइने बताएको छ ।

No comments:

Post a Comment