Thursday, May 14, 2020

चौतारी लघुवित्तद्धारा स्थानिय सरकारलाई आर्थिक सहयोग,संस्थामा कार्यगत कर्मचारीहरुको पनि योगदान





चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोनाभाईरस बिरुद्ध लड्न आफ्नो कार्यालय रहेका स्थानिय सरकार (गाउपालिका तथा नगरपालिका) लाई कोरोनाभाईरस (COVID-19) रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु.४,३०,०००/- (अक्षरेपी चार लाख तीस हजार मात्र) आर्थिक सहयोग गरेको केन्द्रीय कार्यालय बुटवलले जानकारी दिएको छ ।उक्त  सहयोग रकममा  संस्थामा कार्यगत कर्मचारीहरुको पनि योगदान रहेको छ |  कोरोना भाईरसको कारण देशमा लामो समय देखी लकडाउन भईरहेको र यस्तो अवस्थामा कतिपय जनता भोकभोकै बस्नु पर्ने अवस्था रहेकाले सरकार बिभिन्न तरिकाबाट संकटलाई पार लगाउन लागिपरेको छ, यस संकटको घडिमा सहयोग गर्नु वित्तिय संस्थाको समाजिक उत्तरदायित्व ठानी सहयोग गरिएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

No comments:

Post a Comment