स्वदेशी लघुवित्तद्धारा कोरोना जनसुरक्षा कोषमा आर्थिक सहयोग
स्वदेशी लघुवित्त वित्तीय संस्थाले कोरोना भाईरसको
संक्रमण रोकथाम तथा उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा
आर्थिक सहयोग प्रदान गरेको छ । हाल, विश्वभरका अधिकांश देशमा कोरोना भाईरस
(COVID-19) को संक्रमण र मृत्यु हने क्रम जारी छ । यसरी विश्वभर फैलिरहेको
कोरोना भाईरस संक्रमणको महामारी रोकथाम तथा जोखिम न्युनिकरणका लागि
सम्पुर्ण सरकारी संयन्त्र, सामाजिक व्यक्तित्व, स्वास्थ्य संस्था तथा संघ
संस्थाहरु परिचालित भइरहेका छन् ।
यसै क्रममा कोरोना भाईरसको संक्रमण रोकथाम, जोखिम न्यूनिकरण तथा उपचार कार्यमा योगदान पुगोस भन्ने अभिप्रायले स्वदेशी लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रदेश नं. १ सरकारले कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको “प्रदेश नं. १ कोरोना जनसुरक्षा कोष” मा रु. ५,००,०००/– (अक्षरेपि पाँच लाख रुपैया मात्र) उपलब्ध गराएको हो । यसका साथै संस्थाले यस महामारीबाट प्रभावित आफ्ना अति विपन्न ग्राहक सदस्यहरुलाई नगद राहत उपलब्ध गराउन रु. १,००,००,०००/– (अक्षरेपी एक करोड मात्र) रकम विनीयोजन गरि हाल सम्म रु. ७२ लाख ९६ हजार वितरण गरीसकेको जनाएको छ ।
संस्थाले यस माहामारीबाट बच्न तथा नियन्त्रण कार्यमा सहयोग पुर्याउन आफ्नो स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी बारम्बार राम्रो सँग साबुनपानीले हात धुने, मास्क प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, कम्तिमा १ मिटर भन्दा बढीको सामाजिक दुरी कायम गर्ने तथा बढी भिडभाड भएको स्थानमा नजान समेत सबैलाई अनुरोध गरेको छ ।

No comments:
Post a Comment