Thursday, May 28, 2020

चौतारी लघुवित्तले दियो सहायक कर्मचारीलाई Online बाट क्षमता अभिबृदी तालिम

चौतारी लघुवित्तले दियो सहायक कर्मचारीलाई Online बाट क्षमता अभिबृदी तालिम 



बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफना ५७ वटा शाखा कार्यालयमा कार्यरत सहायक कर्मचारीलाई online बाट तालिम दिएको जनाएको छ । तालिम संयोजक बिमल खनालका अनुसार हाल लकडाउनको अवस्थामा पनि कर्मचारीको क्षमता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको बताउनु भएको थियो । तालिममा करिब ९० जना कर्मचारीको सहभगिता रहेको थियो । सहायक कर्मचारीहरुलाई प्रशिक्षक श्री नारायण बहादुर कार्कीश्री राजा बाबु साहले तालिम दिनु भएको थियो । तालिमको अन्तमा संस्थाका प्रमुख कार्यकारी अधिृकृत श्री लक्ष्मण घिमिरेले तालिम सफलता पुर्वक संचालन भएकोले प्रशिक्षकलाई धन्यबाद दिदै यस तालिमले कर्मचारीमा उर्जा मिलेको महशुस गरेको र यस तालिमबाट सिकेका कुराहरु ब्यावहारमा समेत लागु गर्न पर्ने बताउनु भएको थियो । संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेलले तालिम फलदायि हुने बताउनु भएको थियो ।  

No comments:

Post a Comment