बुटवल जेठ १८,रुपन्देही जिल्लाको बुटवल केन्द्रिय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५७ वटा शाखा कार्यालयहरुका तीन तीन जना केन्द्र प्रमुखहरुलाई सहभागी गराई जुम बैठक मार्फत अन्तरक्रिया तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धमा सिर्जना काफ्ले र महिला शशक्तिकरण र लघुवित्त सम्बन्धमा भावना कुवरले तालिम दिनु भएको थियो । सदस्यहरुसंगको अन्तर क्रियामा संस्थाका अध्यक्ष जगत बहादुर पोखरेलले बर्तमान बिषम परिस्थितीमा सेवाग्राही सदस्यहरुको समस्यालाई दृष्टिगत गरी संस्थाले बिशेष योजना बनाई रहको र तत्कालै कार्यान्वयन् गरी कोभिड १९ बिरुद्ध लड्न सबै सेवाग्राही सदस्यहरुलाई सहयोग गर्ने जानकारी दिनु भयो । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले सदस्यहरुको व्यवसायीक क्षमता बिकासका लागी सम्पूर्ण सदस्यहरुलाई क्रमश तालिम कार्यक्रमहरु आयोजना गरिने बिषय बस्तुमा प्रष्ट पार्नु भयो । कार्यक्रममा सम्पूर्ण विभागीय प्रमुख,अनुगमन अधिकृत र शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
No comments:
Post a Comment