Tuesday, May 12, 2020

चौतारी लघुवित्त ठुठीपिपल शाखाद्वारा कोरोना कोषमा आर्थिक सहयोग

चौतारी लघुवित्त ठुटिपिपल शाखाद्वारा कोरोना कोषमा आर्थिक सहयोग


चौतारी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय ठुटिपिपलले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस COVID-19 नियन्त्रण तथा रोकथाम कार्यका लागि राहत कोषमा ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवट तथा प्रमुख प्रशासकिय अधिकृतलाई रु १०,०००/ को चेक हस्तान्तरण सहयोग गरेको छ । सहयोग रकम बुझ्दै गाउँपालिका प्रमुख हिरा केवटले संकटको बेलामा सहयोगको लागि विशेष धन्यवाद दिनु भयो । यस्तै सहयोग रकम हस्तान्तरण गर्नुभएका शाखा प्रमुख भविश्वर ढकालले लघुवित्त भनेको समाजकै अभिन्न अङ्ग भएको र समाज र समग्र देशको आर्थिक विकासको लागि चौतारी लघुवित्त सधैँ अग्रसर रहने कुरा व्यक्त गर्नुभयो । साथमा उपस्थित कर्मचारी उमेश कोरीले सहयोग गर्न पाएकोको खुसि भएको र आगामी दिनमा पनि चौतारी लघुवित्तले सामाजिक कार्य गर्ने जानकारी दिनुभयो ।

No comments:

Post a Comment