Friday, January 24, 2020

चौतारी लघुवित्तको दोस्रो त्रैमासमा २ करोड ६५ लाख रुपैयाँ खुद नाफा,अधिंकाश सूचक सकरात्मक

चौतारी लघुवित्तको दोस्रो त्रैमासमा  २ करोड ६५ लाख रुपैयाँ खुद नाफा,अधिंकाश सूचक सकरात्मक





चौतारी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आरम्भ लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको लघुवित्तले यस अवधिसम्ममा अधिकांश सूचकहरुमा फड्को मारेको छ ।

१९ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तले जगेडा कोषमा ५ करोड ६५ लाख रुपैयाँ सञ्चित गरेको छ । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ५१ लाख रुपैयाँ बढेर ४ करोड १६ लाख पुगेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तले २ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १५२.३० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ५ लाख खुद नाफा कमाएको थियो ।

यस अवधिसम्ममा लघुवित्तले ५९ करोड ५१ लाख निक्षेप र ९७ करोड १५ लाख सापटीबाट १ अर्ब ७१ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबापत लघुवित्तले ७ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३ करोड ३३ लाख बढी हो ।

त्यस्तै, लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६६ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४१ पैसा कायम रहेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १६.२७ गुणा रहेको छ ।

No comments:

Post a Comment