लघुवित्तको ८ करोड २२ लाख रुपैयाँ हिनामिना (कर्मचारी पक्राउ )
लघुवित्त खबर
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काले बताएका छन् कि संस्थाको करोडौं रकम हिनामिना गरेको भनाई पाण्डेविरुद्ध संस्थाबाटै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो। खड्काका अनुसार पाण्डेले लघुवित्तमा फर्जी खातावाला खडा गरी ऋण प्रवाह गरेको आरोप लागेको छ।
डिएसपी खड्काका अनुसार पक्राउ परेका पाण्डेविरुद्ध बैंकिङ कसुर अन्तर्गत अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ। उनीमाथी ८ करोड २२ लाख ६५ हजार ५ सय ८७ रुपैयाँ अपचलन गरेको आरोप रहेको छ |
No comments:
Post a Comment